पत्रकार जीवन चुडाल सम्मानित भएका छन् । उनलाई मगलबार दमक युथ क्लबले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । क्लबले आयोजना गरेको १९ औं दुर्गा पूजाको प्रतिमा अनावरण कार्यक्रममा पत्रकार चुडाल लाई सम्मान गरिएको हो ।

प्रत्येक बर्ष फुलपातिका दिन क्लबले दमक कार्य क्षेत्र बनाइ काम गर्दै आएका एक पत्रकार लाई उदियमान प्रत्रकार पुरस्कार बाट सम्मान गर्दै आएको छ । यस बर्ष पत्रकार चुडाललाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई कार्यक्रमका प्रमूख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रमूख श्यामल सुब्बाले सम्मान–पत्र तथा नगद प्रदान गर्नु भयो । सोहि कार्यक्रममा क्लबले दुर्गा पूजाका लागी सहयोग गर्ने संस्थाहरु स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था,शितल कृषी सहकारी,सिजी ब्रुअरी,सिजी इलेक्ट्रोनिक्स,क्यापिटल फुड्स प्रा.लि. र मनसा थाइफुड्स लाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै सूयदर्शन सहकारीका अध्यक्ष टिकाराज सापकोटा र प्रमूख अतिथि श्यामल सुब्बाले सबै नेपालीहरुलाई विजया दशमीको शुभकामना दिनु भएको थियो । क्लबका संरक्षक अजय अग्रवालले स्वागत मन्तब्य राखेको सो कार्यक्रम सचिव पारसमणि आचार्यले संचालन गरेका थिए ।