काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको बेहाल अवस्था आफुले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हातमा डण्डा लिएर अगाडि बढ्न सुझावसमेत दिएका छन । गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा चाडपर्वको शुभ कामना आदानप्रदान कार्यक्रममा नेता नेपालले यस्तो धारण राखेका हुन् ।
कार्यक्रममा उनले सांसद भनेको प्रतिपक्षको मात्रै होइन् जनताको भावनालाई राख्ने थलो भएको बताए । अनियमितता, भष्टाचार, अपराधी गतिबिधी रोक्नुस भन्दा सरकारको विरोध होइन् झन सरकारलाई नै मद्दत गरेको हुने उनले बताए ।
अहिले देशमा प्रजातन्त्रको नाममा अराजकता बढेको उनले बताए । आफु २२ महिना प्रधानमन्त्री हुदाँको अनुभव सुनाउँदै उनले हातमा डण्डा लिएर नहिडे कसैले नटेर्ने बताए । सरकारको कमी कमजोरी लाइ आत्मसात गरेर समस्याको समाधान तिर लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको नेता नेपालको भनाइ छ ।
कानुन बनाएर, संबिधान संसोधन गरेर भएपनि अहिलेको अराजक अवस्थालाई ठिक पार्नु पर्ने उनले बताए । मधेश, जनजाती, पहाड, दलित सबै बर्ग र समुदायको उत्थानका लागि नेकपा साहारा भनेर अगाडि बढीरहेको उनले बताएका छन् ।










