दमक/उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले झापाको दमकमा भएको दशै तथा चाडपर्वको एक शुभकामना आदनप्रदान कार्यक्रममा पत्रकारहरुप्रति निक्कै आक्रमक रुपमा प्रस्तुत भए । उनले पत्रकारको प्रशंशा पनि गरे तर धेरै समय भने आलोचनामा खर्चे ।
हिमशिखर मिडिया गु्रपको शुभकामनामा उनले पत्रकारले नबुझि समचार लेखेको आरोप लगाए । गर्दै नगरेको कामको बिषयमा समचार आएको भन्दै आफुले त्यसको बिरुद्ध बोलेको स्पष्ट पारे । रातारात मेयरले काँचो सखुवाको रुख ढालेर बेचेकोजस्तो कपोकल्पित समचार बनेको भन्दै उनले प्रमाण पुर्याएर समचार लेख्नलाइ आग्रह गरे ।










