नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको लामो समय भइसक्दा समेत राजसंस्था प्रतिको जनताको भावना अझै मेटिन सकेको छैन् ।

राष्ट्र र राष्ट्रियताका पक्षमा तत्कालीन राजाहरूले खेलेको भूमिका देशभक्त जनताको मानसपटलमा जीवित भइरहन्छ । हिजो आज पनि फेसबुकका भित्तामा सेयर हुने यी भिडियोले राजसंस्था प्रतिको जनताको सम्झना जीवितै उजागर रहेको देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय भाइरल बनेको यो भिडियो ६२ बर्ष पहिलेको रहेको जनाइएको छ। तत्कालीन राजा महेन्द्रले नयाँ बर्षको अवसरमा २०१३ सालमा देशवासीलाई प्रदान गरेको नयाँ बर्षको शुभकामना भिडियो अत्यन्तै दुर्लभ भिडियो हो।

राजाले भिडियो सन्देशमा भनेका छन्,"आगे प्यारा प्रजाहरुके यथोचित आज यस नयाँ बर्षको पहिलो शुभकामना दिनमा हरतरह बाट सुख शान्ति लब्य होस् भन्ने हार्दिक कामना सुनाउन पाउँदा हामीलाई साह्रै खुसी लागेको छ"।