गाैरीगंज ३१, असाेज /

झापाको गौरीगंज गाउँपालिका- ६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ८ को सागर यादवको घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक करेण्ट लागेर मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरीको टोली खटि गइ कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको उक्त कार्यालयले जनाएको छ ।