नेपाली कांग्रेससँग निकट ‘गुण्डा नाइके’ गणेश लामा दशैंको टीकाको मुखमा थुनामुक्त भएका छन् ।

उनी छुटेको उपलक्ष्यमा अर्का गुण्डा नाइके अर्थात लामाका गुरु मानिएका दीपक मनाङेले माला लगाई दिएर जेलबाट विदा गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् । गएको ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

‘पक्राउ परेको दिनदेखि २८ असोजसम्ममा कैद सजाय कट्टा भएकाले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनामुक्त गर्नु होला’, प्रशासन कार्यालयंद्वारा डिल्लीबजार कारागारलाई प्रेषित पत्रमा उल्लेख छ ।

‘लामाको अन्य मुद्दा नभएको देखियो र हतियारको मुद्दामा सजाय पूरा भएको हुँदा उनलाई थुनामुक्त गरिएको छ’, डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने । नयाँ पेज बाट