काठमाडौं ।

बिजयी दशमीको टीकाको साइत यस वर्ष विहानै जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक २ गते शुक्रबार विहान ९ः५१ बजे बडा दशैंको टीकाको लागि सबैभन्दा उत्तम साइत जुरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस वर्ष टीकाको साइत विहानै जुरेको हो । विजयादशमीको मुख्य दिन अर्थात् टीका लगाउन शुभ साइतको प्रतिक्षा गर्ने चलन छ । सोही साइतमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले टीका तथा प्रसाद ग्रहण गर्नेछन् । त्यस्तै आम सर्वसधारणले समेत सकेसम्म सोही साइतलाई आधार मानेर टीका तथा प्रसाद ग्रहण गर्नेछन् ।

समितिका अनुसार शुक्रबार बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।