महोत्तरी र पाँचथरमा भएका दुई छुट्टा छुट्टै मोटरसाइकल दूर्घटनामा दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा मोटरसाइकल पुलमा ठोक्किँदा एक युवकको ज्यान गएको हो ।

रामगोपालपुर नगरपालिका—९, का १८ वर्षीय गोविन्द साहले विनाहेल्मेट चलाएको ज ५ प २४१८ नम्बरको मोटरसाइकल अत्यधिक गतिमा चलाउँदा रामगोपालपुर ५ मा रहेको जंघा पुलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका साहलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई अशोक झाले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उता, पाँचथरमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा फिदिम नगरपालिका–११, बाबुङगाका ३२ वर्षका सुबास आङबोको मृत्यु भएको छ । विहीबार बिहान घरको आँगनमै मे ५ प ९०७४ नम्बरको मोटरसाइकल सिक्ने क्रममा आँगनको डिलमुनि खस्दा आङबोको मृत्यु भएको हो । शवलाई पोष्टमार्टमको जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।