धरान / धरान ८ औद्योगिक क्षेत्रभित्र रहेको सूर्य कत्था उद्योगमा आगलागी नियन्त्रणमा आएको छ । साझ साढे ६ बाट लागेको आगो नियन्त्रण गर्न धरानको दुई वटा दमकल, सुरक्षाकर्मीलाई डेढ घण्टा लागेको थियो ।

धरान ३ निवासी रोशन सोनीले सञ्चालन गरेको कत्था उद्योगमा लागेको आगलागी समयमा नियन्त्रण नभएको भए सोनीले नै सञ्चालन गरेको उद्योग नजिकको पेट्रोल पम्पमा समेत आगो लाग्ने सम्भावना बढेर गएको थियो । आगो पम्पसम्म पुगेको भए उद्योग छेउछाउमा भएका घर, तीनकुने प्रहरी पोष्ट समेत जोखिममा पर्ने भएकोले अझ धेरै क्षति हुने सम्भावना रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्योग औद्योगिक क्षेत्रको भित्री भागमा रहेका कारण दमकललाई आगो नियन्त्रणमा अत्यन्तै कठिनाई परेको थियो । आगलागनीका कारणा कत्था उद्योग पूर्ण रुपले नष्ट हुदा १५ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।