पूर्वसिंचाई राज्यमन्त्री दलबहादुर सुनार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका छन् । बाँके जिल्लाको बैजनाथ गाउँपालिका– ५ को प्रभात मावि जिगाउँको व्यवस्थापन समितिका अध्यक्ष भएका हुन् ।
तत्कालीन प्रधानमन्त्री झलनाथका खनाल नेतृत्वको सरकारमा सुनार सिंचाई राज्यमन्त्री थिए । २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक सभासद बनेका सुनार २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।
आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय भएपनि २०७४ सालको आमनिर्वाचनमा भने सुनारले टिकट पाएका थिएनन् । शिक्षक पेशाबाटै राजनीतिमा लागेका सुनार पुन : शिक्षा सुधार गर्न लागेका छन् ।










