प्रधानमन्त्रीले एचआइभी संक्रमित बालबालिकासग बडादसै मनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिनु भएको हो ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा वहाँहरुले सामुहिक टिका लगाइ दिनुभयो । सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राख्नु भएको छ । जनता टाइम्स बाट फोटो र समाचार










