काठमाडौं । पार्टीभित्रको विवादका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज छलफल गर्दैछ । दुई पटक स्थगित भएको सचिवालेको बैठक आज बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि, तल्लो तहको एकीकरण , मन्त्री फेरबदलको एजेण्डामा छलफल हुनेछ ।

प्रदेश पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति नेपालले असन्तुष्टि जनाइरहेका छन् । प्रदेशका पदाधिकारी चयनको निर्णयप्रति लिखित रूपमै असहमति जनाएका थिए।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको कार्ययोजना र कामका आधारमा केहीमन्त्री फेरबदल गर्ने इच्छा व्यक्त गरेकाले त्यसमा पनि बैठकमा छलफल हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले ६ महिने कार्ययोजना मन्त्रीहरुलाई यसअघि नै ममागेका थिए ।