सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैैछ। विहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो २ बजेपछि मात्रै बस्ने भएको छ ।
बैठकमा पार्टी एकता प्रक्रिया, सरकारका कामकारवाहीको समीक्षा तथा जिल्ला कमिटीका एकीककरणसम्बन्धी कार्यसूची, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टि र वामदेव गाैतम प्रकरणबारे छलफल हुने बताइएको छ । त्यस्तै, मन्त्रिपरिषद हेरफेरको विषयले पनि बैठकमा प्रवेश पाउने सम्भावना रहेको एक नेताले बताए ।
यसअघि विविध कारणले सचिवालय बैठक दुई पटक सरेको थियो ।










