बेपत्ता पुरुषको शव एक हप्ता पछी गण्डक नहरमा भेटियो

सहबान अन्सारी

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नवलपरासीको प्रतापपुर गाऊपालिका स्थित गण्डक नहरमा बेपत्ता पुरुषको शव मृत अवस्थामा आज भेटिएको छ ।

सुस्ता गाऊपालिका वडा नं. ३ सेखुअनवा बस्ने अन्दाजी ६५ बर्षिय रामबृछ हरिजन एक हप्ता पहिला गाऊँ नजिकै गण्डक नहरमा वेपत्ता भएका थिए ।

बेपत्ता भएका पुरुषलाई पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी कार्य तिब्र गरेपछि आज प्रतापपुर गाऊपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित नदिमा बग्दै गएको अवस्थामा गण्डक जल बिधुत केन्द्रको कर्मचारीहरुले देखे पछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सवलाई नियन्त्रणमा लिई

थप अनुसंधान तथा शवलाई पेस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ ।