काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत भएको छ । आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

नेकपा नेता वामदेव गौतमलाई उप निर्वाचनमार्फत प्रतिनिधिसभामा लाने योजना अनुरुप मानन्धरले सांसदबाट राजीनामा दिने निर्णय गरेका थिए । उनले असोज २३ गते पत्रकार सम्मेलन गरी नेता गौतमका लागि ठाउँ खाली गर्न राजीनामा दिएको घोषणा गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाहिर र पार्टीभित्रै पनि चर्को आलोचना भएपछि वामदेव काठमाडौं–७ बाट चुनाव लड्ने निर्णयबाट पछि हटेका थिए । अन्नपूर्ण पोस्ट बाट