सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि बैठक सुरु भएको हो ।

बैठकमा जनसंगठन, प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकता र सरकारको कामलाई प्रभावकारी बनाउने बिषयलाई एजेण्डा बनाइएको छ । बैठकमा जनसंगठनबीचको एकता, प्रदेशलाई पुर्णता र जिल्ला कमिटीबीचको एकताको बिषयमा छलफल हुने कार्यसूची रहेको एक नेताले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकताको लामो समयसम्म पनि जनसंगठन र मातहत कमिटीको एकता हुन नसक्दा कार्यकर्ता पंक्ति निस्कृय बनेका छन । गत जेठ ३ गते पार्टी एकता हुँदा अध्यक्ष तथा प्रधानमन्त्री केप शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले तीन महिनाभित्र सवै तहको एकीकरण टुंग्याउने घोषणा गर्नुभएको थियो । तर पछिल्लो पटक तय गरिएको भदौं ५ गतेभित्र एकता सकाउने योजना पनि पूरा हुन सकेन ।

त्यसपछि असोज मसान्तसम्म सकाउने नेताहरुको घोषणा पनि पूरा हुन सकेन । आजको बैठकमा साँगठानिक एकतामा केन्द्रित रहेर छलफल हुने सचिवालयका एक सदस्यले बताए । साँगठानिक एकताका लागि महासचिव बिष्णु पौडेलले एकता कार्यदलले बुझाएको प्रतिवेदनको आधारमाप्रतिवेदन तयार पारिसक्नु भएको छ ।

सो प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय लिने बताइएको छ । यस्तै प्रदेश कमिटीले एकता सम्बन्धी दिएको सुझावका आधारमा मातहतका कमिटीको एकता टुंगो लगाउने गृहकार्य भइरहेको ती नेताले बताए । आजको बैठकले एकताको बिषयमा ठोश धारणा तय गर्नेछ ।