सप्तरी । देवधार चौकमा सोमवार विहान भएको मिनी बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटना ८ जना घाइते भएका छन् ।
चतराबाट काठमाडौंतर्फ गईरहेको बा.४ ख ४४७० नम्बरको बस दुर्घटनामा काभ्रेका ४५ वर्षीय दीपक राईको मृत्यु भएको हो । राईको सप्तऋषि अस्पतालमा उपचारको क्रममा र मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का ३१ वर्षीय सन्तोष लिम्बु, वडा नम्बर १ की २७ वर्षीया दीपा श्रेष्ठ, वडा नम्वर ६ का ३५ वर्षीय गोपाल दाहाल, ३० वर्षीया लीला दाहाल, २ वर्षीय सिजु दाहाल, वडा नम्वर ७ की ५४ वर्षीया जानुका बास्तोला, खोटाङ ससनेत गाउँपालिका–१ की ३४ वर्षीया सीता राउत र भोजपुर हनुवागढी गाउँपालिका–२ का २४ वर्षीया तारा कार्की छन् । घाइतेको खडक नगरपालिकाको खर्चुहियास्थित ईन्द्रेणी पोली क्लिनिकमा उपचार भइरहेको छ ।
क्षमता भन्दा यात्रु बोकेको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बस चालकलाई प्रहरुीले पक्राउ गरेको छ ।










