प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब सबैका घरघरमा बिजुलीको तार लैजाने बताउनु भएको छ । उहाले नेपाल जलविद्युतमा आत्मनिर्भर बन्नेतर्फ उन्मुख भएकाले सबै चुलोमा बिजुलीको तार लैजाने बताउनु भएको हो ।
लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले सञ्चालनमा ल्याएको बिजुली बसको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो चाँडो फड्को मारेकाले अब ग्यास होइन बिजुली तिर लाग्ने बताउनु भएको हो । ‘यसअघिको कार्यकालमा मैले ग्यासको पाइपलाइन पुयार्उने बताएको थिएँ । अब ग्यासको पाइप हैन बिजुलीको तार हरेकका घरमा पुयार्उने छौँ ।’ प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो,‘पहिले मैले ग्यास पाइप घरघरमा पुयार्उँछु भन्दा अनौठो मानियो । अब बिजुलीको तार हरेकका घरघरमा पुयार्उने तयारीमा यो सरकार जुटको छ । त्यसमा कसैले भिन्न अनुभव गर्नु पर्दैन ।’
नेपाल अबको केही वर्षभित्रै जलविद्युत आत्मनिर्भर हुने भएकाले सवारी साधान चलाउन पनि समस्या नहुने समेत बताउनु भयो । बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने पनि प्रधानमन्त्री ओलीको भनाई छ । जनता टाइम्स बाट










