झापा । झापाको कन्काई नगरपालिक ७ स्थित नागरिक यातायातको ग्यारेजमा मर्मत भईरहेको मकालु यातायातको बसमा आगलागी हुँदा अन्दाजी २५ लाख मूल्य बरावरको क्षति भएको छ ।
मंगलबार बिहान करिब पौने ११ बजे ग्यारेजमा मर्मत भईरहेको ना ५ ख ५२२ नम्बरको बसमा वायरिङ सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बस जलेर पूर्ण रुपमा क्षति भएको छ भने बसमा लागेको स्थानीय प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । (भिडियो : बिष्णु रिमालको फेसबुकबाट)










