काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्दा केही व्यक्तिले घुँडा मारेको तस्वीरले यतिबेला सामाजिक संजालमा तरङग ल्याएको छ ।

उच्चपदस्थ व्यक्तिहरुले घुँडा टेकेको तस्वीर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी शुरु भएको हो । यसैक्रममा नयाँ शक्ति पार्टीकी नेतृ एवं नायिका करिष्मा मानन्धरले सामाजिक संजालमा एक स्टाटस् लेख्दै आफ्नो धारणा राखेकी छिन् । उनले राष्ट्रपति आमा समान रहेको बताउँदै आमाको अगाडि झुक्नु स्वभाविक रहेको उल्लेख गरेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ उनको स्टाटस

राष्ट्रपति ज्यूले टीका लगाइदिँदै गरेको फोटो प्रति विभिन्न टिकाटिप्पणी देखेर केही भनुकी जस्तो लाग्यो। पूर्वाग्रही भयेर लेख्दै छन् ।

(कम्युनिजम,मार्क्सवदलाई एक्छिन साइडमा राखु मदन भण्डारीको विचारलाई पनि एकछिन पर राखौ )

मानिसबाट या समुहबाट भएको हरेक क्रियाकलाप कुनै बिचार अनुसार निर्देशित हुन्छ । टिकाको तयारी त्यो अनुसार भएको देखिँदैन । भनेपछि सायद उहाँहरु त्यो आफ्नो कायम बिचारबाट रूपान्तरित भैसकेको अवस्थाहो ।

अनि रूपान्तरण मानिस ,समाज, विचर ,सबैको स्वभाव हो ।

तर जे विचार राखे पनि देश र जनताको विचारको सम्मान हुनुपर्यो , देशको विकास हुनुपर्यो ।

मेरो निजि बिचारमा चाँहि रास्ट्रपतिज्यु देशको सर्वोच्च पदमा हुनुहुन्छ । त्यो अर्थमा आमा सरह हुनुहुन्छ र आमाको अगाडि टीका थाप्दा झूक्नु स्वभाविक रुपमा लिए । हो यो समाजवाद अनुसार ठिक भएन होला । तर मुलुकको चासो राख्ने नागरिकको हिसाबले के लाग्छ भने जबसम्म हाम्रो संस्कृति र विकसित बिज्ञानलाई समरुपमा अगाडि लैजान सकिदैन येस्तै स ( साना संकिर्ण विचारहरुले येसैगरि हामीलाइ आफ्नो वस मा पारेर त्यस्मा व्यस्त पारिरहनेछ । तर मेरो आग्रह केहो भने पार्टी गत स्वार्थ बाट अलिकति माथी उठौ र सोचौ

अनि जिज्ञासा के भने प्रधानमन्त्रीज्यू यदी आफ्नो पार्टीको नेता भएकै कारण मात्रै एक महिला अनी रास्ट्रपतिज्युको अगाडि टीका थाप्न झूक्नु भयेको हो कि यो हजुरले चलाएको संस्कार सबै महिलाहरुको लागि समान हो । यसले निरंतरता पाउछ कि पाउदैन ?

लोक्क्न्तर बाट