काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्व अवसरको चियापान कार्यक्रम आउँदो शनिबार गर्ने भएको छ । कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने नेकपाले जनाएको छ ।

महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल र स्थायी कमिटी सदस्य योगेश भट्टराईसहितका नेताहरूले बुधबार कार्यक्रमस्थल निरीक्षण गर्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चियापानमा विभिन्न पार्टीका नेता, विदेशी कूटनीतिज्ञ, संवैधानिक अङ्गका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणसहित ५० हजारलाई निम्तो बाँडिएको केन्द्रीय सदस्य तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ । कार्यक्रमलाई व्यवस्थित बनाउन ३ सय स्वयम्सेवक परिचालन गरिने उहाँले बताउनु भयो । जनता समाचार बाट