काठमाडौं, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ। आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक सुरु हुने भनिएकाे केही समय पहिले स्थगित गरिएको हो।

साेमबार सम्पन्न सचिवालय बैठकपछि अध्यक्ष द्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालबीच पार्टी एकीकरण प्रकृयाबारे छुट्टै छलफल गर्ने र त्यही रणनीति अनुरूप सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने तयारी नेकपा काे थियाे। तर अध्यक्ष द्वयबीच छलफल हुन नसकेपछि अाजकाे सचिवालय बैठक नै स्थगीत गरिएकाे हाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले बैठकमा उपस्थित् हुन नसक्ने भनेपछि आजको बैठक स्थगित् गरिएको हो । तर, नेता नेपाल अध्यक्षद्धय ओली र प्रचण्डसँग यतिवेला असन्तुष्ट छन् । रिपोटर्स नेपाल बाट