बारा । नेपाल भारत सीमा क्षेत्रमा पर्ने बारा पचरौता नगरपालिका बेनौलीमा सोमबार फिल्म शैलीमा झडप भएको छ। मानिसहरू हातमा ढुङ्गा र लाठी बोकेर खेतमा उत्रिएका थिए। लाठी, बचाउ सामग्री र हतियार बोकेका सुरक्षाकर्मीहरू पनि खेतको माझमा थिए।

नगरका दुई गाउँ बेनौली र बेलदारीका मानिसहरूबीच अस्पतालको विषयलाई लिएर एक आपसमा झडप भएको हो। बालबालिका, महिला र बृद्धबृद्धासम्म झडपमा सहभागी भएका थिए । अवस्थालाई नियन्त्रण बाहिर जाने देखेपछि प्रहरीले १३ सेल अश्रुग्यास समेत प्रहार गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झडपमा बेलदारीका नन्दकिशोर यादव, रमेश यादव र जोगिन्दर राम घाइते भए। घातेमध्ये नन्दकिशोरको अवस्था गम्भीर छ। अहिले उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। यादवको टाउकोमा गहिरो चोट लागेको छ। हेर्नुहोस् भिडियो :

https://youtu.be/q-uAnstOdKk