काठमाडौँ, ८ कात्तिक - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बुधबार बस्ने भनिएको बैठक आजका लागि सरेको हो । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आइतबार र सोमबार बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न एजेण्डामा विस्तृत छलफल हुन बाँकी रहेपछि बुधबार फेरि बैठक बस्ने तय गरिए पनि सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण आज बिहान ११ बजेका लागि बैठक सरेको हो ।
बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमा समेत छलफल हुने कार्यसूची रहेको थियो ।










