काठमाडौं, कार्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ भोलि (शुक्रबार) भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।