काठमाडौं । नेकपाको प्रदेश कमिटीमा रहने सदस्यहरूको नामावली टुंगो लगाउने जिम्मा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले पाएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उनीहरूलाई उक्त जिम्मेवारी दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पौडेल र थापा सम्मिलित कार्यदलले तयार पारेको नामावलीलाई सचिवालयले अन्तिम रूप दिने छ। साथै केन्द्रीय समितिको कार्य विभाजन गर्ने जिम्मवारी पनि पौडेल र थापालाई दिइएको महासचिव पौडेलले जानकारी दिए।

पौडेलले जिम्मेवारीअनुसार नामावली र कार्यगत बाँडफाँडको खाका बनाएर सचिवालयमा पेश गर्ने जानकारी दिए।

छलफल बाट