जिल्लामा ‘ड्रार्इभिङ लाइसेन्स’ अब सजिलो हुने भएको छ । यातायात व्यवस्था विभाग, इटहरी कार्यालयले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।

दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउने भएका छन् । चालक अनुमतिपत्र बितरण सजिलो पार्न फर्म भर्ने कार्य अनलाइनमार्फत गरिएको छ । यसबाट सेवाग्राहीले सहजरुपमा अनुमतिपत्र पाउने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनलाइन सेवामार्फत चालक अनुमतिपत्रका लागि आवेदन गर्ने सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने मिति थाहा पाउन सक्छन् । अनलाइन सेवामार्फत सेवाग्राहीले चाँडो र सहजरुपमा सेवा पाउने अवस्था तयार भएको पनि उहाँले जानकारी दिनुभयो । यसअघि सेवाग्राहीले कहिले फर्म भर्ने भन्ने जानकारी नै नपाउने अवस्था थियो ।

अनलाइन प्रयोगमा आएपछि सबैतिरका सेवाग्राहीले यसलार्इ भरपर्दो सेवाका रुपमा लिएको अर्का कर्मचारी डिल्ली नेपालले बताउनुभयो । फेसबुकमार्फत परीक्षा एवं प्रयोगात्मक परीक्षासमेत सेवाग्राहीले जानकारी पाउने व्यवस्था मिलाइएको छ ।