काठमाडौँ- सरकारले कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलत्कार र हत्या प्रकरणमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर जगदीश भट्टलाई भविस्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको छ।

गृह मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो। गृहले बिहीबार मात्र दुवैसँग दोस्रोपटक स्पष्टीकरण लिएको थियो। एसपीसम्मको दर्जालाई गृह सचिवले सेवाबाट हटाउन सक्ने अधिकार छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गरिएको गृहको पत्रमा के लेखिएको छ ? यहाँ हेर्नुस्: