काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरेको छ ।

गृहमन्त्रालयले कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले लापारवाही गरेको जिम्मेवारी बोध नगरेका तथा प्रमाण नष्ट गरेको अभियोग लगाएर उनीहरुलाई बर्खास्त गरेको हो । सेवाबाट हटाउने तयारी गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार दिउँसो एसपी विष्ट र भट्टको दोस्रो स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको थियो । उनीहरुको स्पष्टीकरणमा मन्त्रालय असन्तुष्ट देखिएको थियो । बुधबार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो ।