राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ।
ढुंगेधारस्थित निजी क्लिनिकका चिकित्सकले दशैँअगावै त्यहाँ ७ जनामा डेंगु देखा परेको रिपोर्ट गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले बताउनुभयो ।
‘अहिलेसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलिन सुरु भइसकेको छ। ’ यसअघि राजधानीमा फाट्टफुट्ट संक्रमण देखिँदै आए पनि एकै ठाउँमा यति धेरै संख्यामा थिएन। राजधानीमा डेंगुविरुद्ध अभियान आवश्यक भइसकेको डा. लालको भनाइ छ।आजको कान्तिपुर दैनिकमा खबर छ ।










