दोलखा, ९ कात्तिक । दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ ।

गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा उनीकी ८० वर्षकी आमा डालकी शेर्पा र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार बिहान साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।