बनेपा - बनेपमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् ।

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २०÷२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उनकी श्रीमती शान्तकुमारी तामाङले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफू छोराछोरीसहित गत असोज २६ गते नै दशैँका लागि घर गएको र बखतबहादुर एक्लै बनेपा बस्नुभएकामा कात्तिक २ गतेदेखि उनी वेपत्ता भएका हुन् ।

“म पछि आएँ, छोराछोरीलाई अगाडि नै पठाएकी थिएँ उनीहरूले कोठामा बुबा नरहेको बताएपछि खोजी गर्दा अहिलेसम्म फेला पर्नुभएन ।” शान्तकुमारीले भनिन्, “उहाँको खोजीका लागि सहयोग गर्नुप¥यो ।”

बनेपा इलाका प्रहरी कार्यालयले जानकारी पाएपछि तामाङको खोजी गरिरहेको र अहिलेसम्म फेला नपरेको जनाएको छ ।