एक दशकदेखी नेपाली गीत–संगीत र साहित्यमा सक्रिय शम्भु न्यौपाने यतिवेला गीतकार, गजलकार, गायक अनि मोडलको रुपमा परिचित छन् ।
हालै मात्र शम्भुको नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक भएको थियो जुन पछिल्लो समय चर्चामा छाइरहेको छ । दर्शक र श्रोताहरुले अत्याधिक रुचाईरहेको उक्त गीतको म्युजिक भिडियो युट्वमा राखिएको छ ।
शम्भुको शब्द रचनामा तयार भएको बिर्सिएर दुनिया बोलको गीतमा संगीतकार तथा कम्पोजर बुद्द स्यामीले संगीत भरेका छन् भने गायक सुरेश कालिकोटेले सुमधुर आवाजले गीतलाई अझै राम्रो बनाएका छन् ।
गीतमा बुद्द स्यामीको संगीत र कम्पोजिसनले सुन्दरतामा अझै ठुलो भूमिका खेलेको छ । अमेरिकामा मात्र नभएर नेपालमा पनि उनको कामको उल्लेखनीय प्रशंसा भईनै रहेको छ । विभिन्न क्षेत्रमा उतिकै सक्रिय जनाउँने शम्भु अहिले नया–नया प्रस्तुति दर्शक श्रोताहरुको माझमा लिएर आउने जमर्काे गरिरहेका छन् ।
गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ । यसको निर्देशन ददीले गरेका छन् । उनि यसै म्युजिक भिडियो मार्फत निर्देशनतर्फ पनि अग्रसर भएका छन् । उल्लेखिनिय काम गरिरहेका शम्भु अझै राम्रा काम गर्न प्रयासरत छन् ।
प्रस्तुत म्युजिक भिडियोमा गायक स्वयम सुरेश कालिकोटे र अम्बिका गजमेरले अभिनय गरेका छन् । एक्स मिडियाको प्रस्तुति रहेको भिडियोलाई गायक सुरेशले निर्माण गरेका हुन् । अमेरिकामा रहेर पनि नेपाली गीतसंगीत र कला साहित्यलाई विस्तार गरिरहेका सुरेश नेपाली कला क्षेत्रमा सक्रियताका साथ लागिपरेका छन् ।
शम्भु हिजो विगतदेखी हालसम्मको कामदेखि सन्टुष्ट छन् । आगामी दिनमा दर्शक र श्रोताहरुको लागि आफुले धेरै नयाँ तर राम्रा खुराकहरु ल्याउँदै जाने तयारीमा रहेको शम्भुले वताए ।
हाम्रो सरोकार बाट सभार



