काठमाडौं- गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिकाकाे हत्या भएपछि बर्खास्तमा परेका प्रहरी निरीक्षक जगदीश भट्टले स्पष्टीकरणका लागि समेत अाफूलाई पर्याप्त समय नदिएको बताएका छन्। नेपाल लाइभसँगको विशेष कुराकानीमा उनले भने- गृहको निर्णय पूर्वाग्रही छ। भोलि थुनामुक्त नगरे पनि म जबरजस्ती भएपनि बाहिर निस्किन्छु।'

बर्खास्तमा परेको जानकारी अाफूलाई नभएको बताउँदै उनले अाफ्नो मानव अधिकार हनन भएको समेत बताए। उनले भने, 'मलाई यस विषयमा कुनै पनि जानकारी छैन। २५ गतेदेखि प्रहरीले १ नम्बर गणमा थुनेर राखेको छ। हटायो रे भन्ने हल्ला सुनको हो तर मैल पढ्न समेत पाएको छैन। बरु तपाईसँग गृहको विज्ञप्ति छ भने पढेर सुनाइदिनुहाेस् न।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'कहिले एआइजी धिरु बस्न्यातको टोलीले एकेडेमी तानेर कहीले उता लान्छ। स्पष्टीकरण लेख्न समेत दिइएन। हिजो रातभर नसुतेर स्पष्टीकरण लेखेर बुझाएको छु', उनले भने 'मैले बुझाएको स्पष्टीकरण पढ्दै नपढी बर्खास्त गरेको हो यो। यो पूर्वाग्रही छ। पहिलो कुरा मैले दिएको स्पष्टीकरण अध्ययन हुनुपर्ने हो, त्यो समेत गरेका छैनन्।'

अाफूलाई नियोजित ढंगले फसाइएको उनको अारोप छ। 'मैले लेखेका स्पष्टीकरण खुलस्त गर्छु। कुर्सी र आफ्नो जागिर बचाउन यो निर्णय गरिएको हो, उनले भने, 'अपराधीलाइृ पत्ता लगाउनुको साटो निर्दोषलाई फसाउन खोजेको देखिन्छ।