मानव तस्करी गिरोहसँग मिलेर अबैध रुपमा श्रम स्वीकृति दिने बैदेशिक रोजगार विभाग काठमाडौं कार्यलयका २५ कर्मचारी बिरुद्व मुद्वा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ अधिकृत सहित २५ कर्मचरी र २ बिचौलिया बिरुद्व शुक्रबार मुद्वा दायर गरेको हो ।

आर्थिक चलखेलका आधारमा कुबेतमा नेपाली महिला तस्करी गर्ने गिरोहलाई सघाएको आयोगको अनुसन्धामा खुलेको छ । भिसानै नै नभएका व्यक्तिलाई समेत उनिहरुले श्रम स्वीकृत दिएको आजको नयाँपत्रिका दैनिकमा खबर छ ।