काठमाडौं : विभिन्न चाडबाडको शुभकामना दिन सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा निम्तालुका लागि चिया बाँड्न विशेष स्टलको व्यवस्था गरिएको छ।

भृकुटीमण्डपभित्र आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्न नेता कार्यकर्ता र सर्वसाधारणहरू त्यहाँ पुग्ने क्रम जारी छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलोचरणमा २० देखि २२ हजारका लागि चियासहित मिठाइ आदि तयार छ। प्रत्येक निम्तालुलाई एक कपचियासहित सालको बोतामा निम्कीटुक्रा, एउटा लड्डु, एउटा केरा, एउटा कचौरीको व्यवस्था गरिएको छ। अन्नपूर्ण पोस्ट बाट