काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

भृकुटीमण्डपमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अर्का अध्यक्ष पुष्प कमल दाहाल र अन्य बरिष्ट नेताहरु भने उपस्थित छन्। अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली चियापान कार्यक्रममा सहभागि नभएको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दशै तिहार र छठ पर्वको अवसरमा नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको हो। चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको दावी गरे।

उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए।चियापान समारोहमा नेताहरु बरिष्ट नेता माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ । डिसी नेपाल बाट