काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको छन् । स्वास्थ्य अवस्था ठिक नभएकै कारण उनी नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममासमेत सहमागी हुन नसकेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार नेकपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली ३ बजेपछि कार्यक्रममा सहभागी हुने भनिएपनि स्वास्थ्यावस्थाका कारण सहभागी हुन नसकेको हुन् ।