काठमाडौं, १० कात्तिक ।
काभ्रेमा शनिबार भएको जिप दुर्घटनामा घाइते भएका नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीको मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका ६ गैह्रीबिसौना भागेटार भन्ने स्थानमा भएको दुर्घटनामा उनी घाइते भएका थिए ।
उपचारको क्रममा धुलिखेल अस्पतालमा उनको निधन भएको काभ्रेका एसपी रविराज खड्काले बताए । त्यसैगरी काभ्रेको नमोबुद्ध नगरपालिका १० का २५ बर्षिय जीवन पराजुली र ४४ बर्षिय बिनोद कार्कीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ । दिउँसो ३ बजे चुरियुगाबाट हिगुवावापाटीतर्फ आउँदै गरेको बा ३ च २८७ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा दुर्घटना भएको स्थानिय प्रहरीले जानकारी दिएकोे छ ।










