सनिवार कार्तिक १० गते ,२०७५ साल । आलोक यादव , लहान : सिरहाको गोलबजारमा दलितहरूको साझा संगठन निर्माणको विषयमा छलफल भएको छ । बैठकमा प्रदेश २ का आठ जिल्लाका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

दलित नेता शिवकुमार महराको अगुवाइमा छलफल भएको हो । दलितहरूले आफ्नो समस्याको लागि संगिठत हुनुको विकल्प नरहेको अगुवा महराको भनाई छ । मधेशका दलितहरु अत्यधिक पीडित बनेको उनको दावी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कानुनले जातिय विभेद अन्त्य भएपनि कार्यान्वयण हुन सकेका छैन । छुवाछुतले जडा गारेर बसेकोले अन्त्य गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने अगुवा महराले बताए । उनले भुमिहिन सुकुम्बासी समस्या पनि अन्त्य हुनु नसकेपछि दलित अगुवाहरु चिन्तित बनेको बताए । भने– दलितका हरेक समस्या समाधानका लागि पनि संगठित हुन जरुरी छ ।