अमेरिका । अमेरिकाको पेन्सिलभेनियास्थित धार्मिक स्थल (पीट्सबर्ग क्षेत्र)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ।

गोलाबारीपछि ती बन्दुकधारीले आत्मसमर्पण गरेको त्यहाँका प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। अहिलेसम्म आधिकारीक रुपमा हमलाको पहिचान हुन नसकेपनि अमेरिकी मिडियाले हमला ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्तिले गराएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्री अफ लाइफकाको आधिकारीक वेबसाइटका अनुसार जुन समयमा हमला भएको थियो त्यो बेला उक्त धार्मीक स्थलमा प्रार्थना चलिरहेको थियो।

रिपोर्टका अनुसार यहूदिहरुको पूजा स्थल ट्री अफ लाईफ सिनगंगमा स्थानीय समयअनुसार बिहान १० बजे घटना भएको हो। घटापछि आपतकालिन सेवाका कर्मचारी त्यहाँ पुगेको जनाइएको छ।

यो धार्मिक स्थल पीट्सबर्ग स्क्वायर हिलको नजिकै रहेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो घटनाबारे ट्वीट गर्दै हालतमाथि नजर राखिरहेको बताएका छन्।

अमेरिकी समाचार च्यानलहरुमा यो घटनाका केही फुटेजहरु देखाइएका छन्। घटस्थलमा प्रहरी र एम्बुलेन्स तैनाथ गरिएको छ ।