काठमाडौँ – वास्तुशास्त्र एक प्राचीन विज्ञान हो । वास्तुशास्त्रलाई आधुनिक विज्ञानले पनि विस्वाशीलो आधार मान्ने गर्छ । वास्तुशास्त्र अनुसार मानिस बस्ने घर अथवा भवन निर्माण गर्दा कुन दिशा शुभ कुन अशुभ हुने कुरा यसरी विश्लेषण गरेको छ ।

पूर्व दिशा वास्तुशास्त्र अनुसार घरको पूर्व दिशामा मूल ढोका हुनु राम्रो मानिन्छ । यसैगरी बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि बनाउन शुभ मानिन्छ । बालबालिकाहरुले यो दिशातर्फ फर्केर अध्ययन गरे राम्रो हुने वास्तुशास्त्र बताउँछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पश्चिम दिशा घरको पश्चिम दिशामा भोजन कक्ष वा शौचालय निर्माण गर्दा राम्रो हुने वास्तुशास्त्र बताउँछ ।

दक्षिण–दिशा घरको दक्षिण–दिशामा खुलापन हुनुपर्छ । यो दिशामा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनु राम्रो नहुने वास्तुशास्त्र बताउँछ । यो दिशा धन सम्पत्ति अथवा पैसा राख्न उपयुक्त मानिन्छ ।

दक्षिण–पूर्व दिशा यसलाई आग्नेय भनिन्छ । यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ । भान्साकोठा यो दिशामा बनाउन राम्रो हुने वास्तुशास्त्र बताउँछ । ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ । यसका साथै यो दिशामा घरमा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ ।

दक्षिण–पश्चिम दिशा

घरको दक्षिण–पश्चिम दिशामा परिवारको मुलीको कोठा हुनु शुभ मानिन्छ । यो दिशामा बिर्षेर पनि घरमा काम गर्नेहरु बस्ने कोठा बनाउनु हुदैन । यो दिशामा झ्याल ढोका बनाउनु हुदैन ।

उत्तर–पश्चिम दिशा

वास्तुशास्त्र अनुसार घरको उत्तर–पश्चिम दिशामा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनु शुभ मानिन्छ । घरमा काम गर्नेहरुको कोठा पनि यही दिशामा हुनु राम्रो मानिन्छ ।