प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले कम्तिमा एकहप्ता आराम गर्नुपर्ने हुन्छ ।

‘प्रधानमन्त्रीको स्वास्थ्य सामान्य छ’, उनले भने, ‘रुघाखोकी र भाइरल ज्वरो आएको मात्रै हो ।’ एक हप्तासम्म राजनीतिक भेटघाट र दौडधुप नगर्न सल्लाह दिइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रधानमन्त्रीज्यूलाई एक हप्ता आराम गर्न भनिएको छ । तर, उहाँको बानी तपाईहरूलाई थाहै छ । राजनीतिक भेटघाट र कार्यक्रममा सहभागी हुने गरिहाल्नु हुन्छ’, आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सल्लाहकार रिमालले भने, ‘उहाँले पनि चिकित्सकहरूको सल्लाह मान्नु हुन्छ ।’

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए ।