झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ ।

आइतवार दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट लुटिएका हो । बिर्तामोड नगरपालिका– ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद लुटिएको झापा प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झोलामा रकम लिएर जम्मा गर्न भौचर भर्दै गरेको अवस्थामा एक व्याक्तिले रकम भएको झोला बोकेर भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दिउँसो भएको घटनामा संलग्नको सीसी क्यामेराको फूटेजबाट पहिचान खुलेकाले अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले बताए । लोकान्तर बाट