काठमाडौं– श्रीमतीको हत्या गरी फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन् । मौवाबोट– १ खोटाङका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
गत भदौं १२ गते राजधानीको बसुन्धारमा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरि परियार फरार रहेका थिए । हत्यापछि लुकीछिपी बस्दै आएका अनिललाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरेको थियो ।
अभियुक्त परियारले १८ वर्षीया श्रीमती लक्ष्मी परियारलाई बसुन्धारस्थित स्पिड गेष्ट हाउसमा हत्या गरि फरार रहेका थिए । भदौ १२ गते नै हत्या भएपनि लक्ष्मीको शव भने भदौ १५ गते बरामद भएको थियो ।
खोटाङका अनिल परियार र धादिङ त्रिपुरासुन्दरी ७ की लक्ष्मीबीच गत साउनमा विवाह भएको थियो ।
फेसबुकबाट चिनजान भएपछि उनीहरुबीच विवाह भएको थियो । श्रीमतीसँग विवाद भएपछि आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको अनिलले प्रहरीसँग स्वीकार गरेका छन् ।










