विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड जाने भएका छन्। प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारर्थ थाइल्याण्ड भ्रमणलाई स्वीकृति दिएको हो। मुख्यमन्त्री राई लामो समयदेखि घाँटीको बिरामी भए पनि नेपालमा राम्रो उपचार हुन सकेको थिएन।

राई आगामी १६ गतेदेखि ८ दिनका लागि थाइल्याण्ड जान लागेका हुन्। मुख्यमन्त्रीले नीजि खर्च लगाएर उपचारमा जाने बताइएको छ। मुख्यमन्त्रीको भ्रमणका लागि संघीय सरकारले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेश सामाजिक सुरक्षाको व्यवस्था गर्न बनेको विधेयक, बालबालिकासम्बन्धि विधेयक र मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै बैठकले रेवतीरमण भण्डारीको संयोजकत्वमा रहेको विधेयक निर्माण सहयोग समितिको म्याद कार्तिक १ गतेदेखि लागू हुने गरी ६ महिना थप पनि गरेको छ। समितिको यो दोस्रो पटक म्याद थप गरिएको हो। थाहाखबरबाट