महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका छन् ।

बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र अधिकारकर्मीसहिले सोमबार प्रदर्शन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुग्नेछ। प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन्।

प्रदर्शनमा गाउँदेखिसमेत महिलाहरुको सहभागिता छ। साउन १० गते १३ वर्षीय किशोरी पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। दसैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः दवाबमुलक आन्दोलन सुरु गरेका हुन् । अन्नपूर्ण पोस्ट बाट