दमक/झापाको दमकमा एकैसाथ ४ वटा क्लवहरुको पदस्थापन भएको छ । लायन्स क्लव अफ स्र्टन लाइन, बेलसिटी, महिलाहरुको मात्र क्लव सेविका र ग्रीनसिटीको एकैसाथ पदस्थापन भएको जोन चियर पर्सन रुद्रप्रसाद गौतमले जानकारी दिए ।
डिस्ट्रिक गर्वनर अनन्तप्रसाद भेटवाल, निवर्तमान गर्बनर लिला ढुंगेल लगायत लायन्स लिडरहरुको उपस्थिति रहेको पदस्थापन भब्य रुपमा भएको थियो । भेटवाल र ढुंगेल पदस्थापन गराउदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेका थिए । एकबर्षका लागि स्टर्न लाइनको अध्यक्षमा बिमल शर्मा, बेलसीटीको अध्यक्षमा प्रकाश प्रसाइ, सेविकाको अध्यक्षमा रेगिना भट्टराइ र ग्रीनसिटीको अध्यक्षमा देबेन्द्र भट्टराइले जिम्मेवारी पाएकाछन् ।
पदस्थापन कार्यक्रममा बोल्दै गर्वनर भेटवालले एकमात्र लायन्सकर्मीको उदेश्य सेवा भएको जनाएका थिए । उनले छाला दानलाइ अभियानको रुपमा अघि बढाउन समेत लायन्सकर्मीहरुलाइ सो अवसरमा आग्रह गरे । कार्यक्रमको सञ्चालन स्टर्नलायनको सचिब किरण भण्डारीले गरेका थिए ।










