आलोक यादव ,सिरहा, १२ कार्तिक २०७५- विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायब निरिक्षक दिपेन्द्र शाहको कमाण्डमा २९ जनाको टोली, सशस्त्र प्रहरी वल वेस क्याम्प मिर्चैया सिरहाका कार्यालय प्रमुख स.प्र.ना.उ. को कमाण्डमा ११ जना गरी जम्मा ४० जनाको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा कर्जन्हा न.पा. वडा नं. ५ स्थितमा स्थानिय अंदाजि १०० परिबारका मानिसहरुले अ. ३ बिगहा १० कठ्ठा करेसावारी तथा जग्गामा लगाएको अवैध गाँजा अं. २५,०००।- ( पाँचिस हजार) बोट काटी आगो लगाई नष्ट गरेको तथा ऐ.ऐ. स्थितमा स्थानिय मानिसहरुले तयार पारिएको अवैद्य मदिरा ५०० ( पाँच सय) लिटर र कच्चा पदार्थ ७०००(सात हजार) लिटर पोखाई नष्ट गरि खटिएको संयुक्त प्रहरी टोली १०:०० बजेको समयमा कार्यालयमा फिर्ता भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड