पोखरा- मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो । गोठमा ३४ गाई थिए । यस अघि गत वर्ष असारमा काठमाडौंकाे गोकर्णेश्वरमा रहेको गाई गोठमा आगलागी हुँदा ५० भन्दा धेरै गाई जलेका थिए ।

यस अघि गत वर्ष असारमा काठमाडौंकाे गोकर्णेश्वरमा रहेको गाई गोठमा आगलागी हुँदा ५० भन्दा धेरै गाई जलेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड